इंग्लिस प्रिमियर लिगमा लिभरपुल र फुलहामको खेल बराबरी

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा लिभरपुलले बराबरीबाट सिजनको सुरुवात गरेको छ।

शनिबार साँझ भएको सिजनको पहिलो खेलमा लिभरपुल फुलह्यामसँग २-२ को बराबरी खेलेको हो। प्रतियोगितामा राम्रो सुरुवात गर्ने क्रममा फुलह्यामले भने २ पटकको अग्रता जोगाउन सकेन।

लिभरपुल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको फुलह्यामका लागि दुबै गोल अलेक्सेन्डर मित्रोभिकले गरेका थिए। पहिलो हाफमा नै लिभरपुललाई अग्रता दिलाउने क्रममा मित्रोभिकले टेटेको क्रसलाई आकर्षक गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए

 पहिलो हाफमा १ गोलको अग्रता बनाएको फुलह्याम विरुद्ध दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भएको थियो।​

डरविन नुनेजले ६४ औँ मिनेटमा सलाहको पासलाई 'ट्रिकी' सट प्रहार गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए। तर फुलह्यामले खेलमा पेनाल्टीमार्फ अग्रता लियो भान डाईकले पेनाल्टी बक्समा फल गरेपछि पाएको पेनाल्टीलाई मित्रोभिकलेनै गोल गर्दै फुलह्यामलाई २-१ को अग्रता बनाएका थिए।

८० मिनेटमा मोहम्मद सलाहले गोल गरेर लिभरपुललाई २-२ को बराबरीमा ल्याएका थिए। बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×