कतार विश्वकपको आधिकारिक पोस्टर सार्वजनिक

काठमाडौँ - कतारमा आउँदो नोभेम्बर २१ देखि शुरु हुने फिफा विश्वकप फुटबलको आधिकारिक पोस्टर सार्वजनिक भएको छ। फिफाले बुधबार कतारको दोहामा विश्वकपको पोस्टर सार्वजनिक गरेको हो ।

हमाद अन्तराष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच बुथायना अल मुफ्ताहले पोस्टर सार्वजनिक गरेकी हुन्। मुफ्ताहले नै यो पोस्टर डिजाइन गरेकी हुन्।

​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ। विश्वकपमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागिसकेको छ।

फिफाले विश्वकप समूह विभाजन 'ड्र' यस अघि नै सार्वजनिक गरिसकेको छ।  कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×