काठमाडौँ - विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। शुक्रबार समूह ‘एच’ र समूह ‘जी’का २-२ खेल हुन लागेका हुन्।
पहिलो खेल समूह ‘एच’अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वे खेल्नेछन्। यी खेल नेपाली समय अनुसार शुक्रबार साँझ ८:४५ बजेबाट सुरु हुनेछन्। यो समूहबाट पोर्चुगल नकआउट चरणमा पुगिसकेको छ। अन्य तीन टोलीको पनि नकआउट पुग्ने सम्भावना उत्तिकै रहेको छ।
यस्तै दोस्रो खेल अन्तर्गत समूह ‘जी’बाट सर्बिया र स्वीट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिल खेल्नेछन्। यो खेला राति १२:४५ बजेबाट सुरु हुँदैछन्।
यो समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ। अरु ३ टोलीको नकआउट चरणमा पुग्ने सम्भावनाकायमै राखेका छन्।