क्रोएसियासँग हारेपछि विश्वकपबाट बाहिरियो क्यानडा

काठमाडौँ - आइतबार क्रोएसियासँग ४-१ ले पराजित भएसँगै लगातार २ खेलमा हार व्यहोर्दै क्यानडा कतारमा जारी फिफा विश्वकपबाट बाहिरिएको छ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको समूह ’एफ’को खेलमा सुरुवाती अग्रतालाई जोगाउन नसक्दा क्यानडा विश्वकपबाट अन्तिम खेलअघि नै बाहिएको हो । योसँगै क्यानडा जारी विश्वकपबाट बाहिरिने दोस्रो राष्ट्र बनेको छ। यसअघि घरेलु टिम कतार विश्वकपबाट बाहिरिने पहिलो टिम बनेको थियो।

खेलको दोस्रो मिनेटमा नै अल्फान्सो डेभिसले गरेको गोलबाट क्यानडाले अग्रता बनाएको थियो। क्यानडाले विश्वकपको इतिहासमा गरेको यो पहिलो गोल थियो।

तर, ३६ औँ मिनेटमा आन्द्रेज क्रामारिचले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए। यस्तै, पहिलो हाफ सकिन अन्तिम मिनेट बाँकी रहँदा मार्को लिभाजाले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाएका थिए।

पहिलो हाफमा २ गोल गरेको क्रोएसियाले दोस्रो हाफमा पनि २ गोल नै थपेको थियो। ७० औं मिनेटमा क्रामारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३-१ को सहज अवस्थामा पुर्याएका थिए।

इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४-१ को जित दिलाए ।जितसँगै क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ। क्रोएसिया शीर्ष स्थानमा छ । क्यानडाको भने याे लगातार दोस्रो हार हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×