मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु 

कपिलवस्तु - शिवराज नगरपालिका–९ बानियाभारस्थित सडकमा लु.४३ प७१२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ बनकट्टा बस्ने २३ वर्षीय सन्तोष बिकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रूपन्देहीमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×