झापामा बस दुर्घटना - १ को मृत्यु, २२ जना घाइते

झापा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका-८ स्थित बिरिङ पुलमा आइतबार दिउँसो यात्रुवाहक दुर्घटना भएको छ। दुर्घटनामा एक यात्रुको मृत्यु भएको छ भने २२ यात्रु घाइते भएका छन्।

पूर्वबाट–पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई बिरिङ पुलको रेलिङमा ठोक्किएको थियो। रेलिङमा ठोक्किँदा बस तल खस्न पाएन।

दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल पठाइएकोमा उपचारको क्रममा कनकाई नगरपालिका-७ निवासी १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको डिएसपी पाठकले बताए। बसचालक सुनसरी वराह नगरपालिका-३ निवासी ३२ वर्षीय बाबुराम कार्कीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×