हालान्डको निर्णायक गोलमा नर्वेको जित

काठमाडौँ - स्टार खेलाडी एर्लिङ ब्राउट हालान्डको निर्णायक गोलमा नर्वेले यूइएफए नेसन्स लिग अन्तर्गत बी ग्रुप-४ को खेलमा सर्वियालाई १-० अन्तरले पराजित गरेको छ।

२१ वर्षीय युवा स्टार यसै सिजनका लागि इंग्लिस प्रिमियर च्याम्पियन म्यानचेस्टर सिटीमा अनुबन्ध भइसकेका छन्।

बिहीबार राति सर्विया राजधानी बियोग्राडमा भएको खेलमा हालान्डले २६औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो। जितसँगै नर्वेले लिग बी ग्रुप ४ मा ३ अंक जोडेको छ। समान ३ अंक नै रहे पनि स्वीडेन शीर्ष स्थानमा रहेको छ। सर्विया तेस्रोमा रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×