भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि पहिरोबाट क्षती, उद्धार कार्यमा खटिदै सशस्त्र प्रहरी 

काठमाडौं - लगातार वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न ठाउँमा बाढि तथा पहिरोले क्षती पु¥याएको छ । उक्त ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण दुवाकोट भक्तपुरको सुरक्षा फौज परिचालित रहि उद्धार कार्य गरिरहेको छ । 

असार २६ गते चागुनारायण नगरपालिका–१ दुवाकोटस्थित राई टोलमा मनोहरा खोलामा पानीको बहाव बढि खोला नजिकै रहेका घरहरुमा क्षती पु¥याउन लागेपछि सो क्षेत्रमा बोरा तथा तारजाली लगाई तटबन्धन निर्माण गरिएको छ । 

त्यसैगरी चागुनारायण नगरपालिका–४ मा समेत मनोहरा खोलामा पानीको बहाव बढि नजिकै रहेका बस्तीमा क्षती पुग्न लागेपछि सो क्षेत्र सशस्त्र प्रहरी तथा स्थानीय वासिन्दाले तटबन्धन निर्माण गरेका छन् । 

यसअघि चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको थियो । नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षती पुगेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×