माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय, सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पार्टीमा आकर्षण बढ्दै गएकाले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको बताए । माओवादीले आइतवारबाट काठमाडौंमा शुरु गर्न लागेको राष्ट्रिय सम्मेलनलाई परिवर्तन गरेर महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

माओवादीले आइतबार बिहान ८ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ। उक्त बैठकले स्थायी समिति बैठकको निर्णय अनुमोदन गर्ने प्रवक्ता महराले जानकारी दिए । ।

यसअघि माओवादीले हेटौंडामा महाधिवेशन गरेको थियो ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×