काठमाडौँ - बलिउडमा १०० फिल्मको यात्रा पुरा गरेका बलिउड अभिनेता अजय देवगन आफ्नो पहिलो फिल्म ‘फूल और काँटे’ को रिमेक बनाउने सोचमा रहेका छन्। उनको आउँदो फिल्म ‘तानाजी-द अनसङ वारिअर’ प्रदर्शनमा आएसँगै उनको १०० फिल्मको यात्रा पूर्ण हुनेछ।
हालै एक अन्तर्वार्तामा उनले ‘फूल और काँटे’को रिमेक गर्ने बताएका छन्। उनले भने, "म यस (फूल और काँटे)लाई फेरिएको समयका हिसाबले फरक तरिकाको प्रस्तुतीकरणसहित फिल्म बनाउने सोचमा छु।"
‘फूल और काँटे’ सन् १९९१मा रिलिज भएको थियो। उनले यसलाई नयाँ र फेरिएको समयलाई प्रतिनिधित्व गर्ने गरी कसैसँग मिलेर निर्माण गर्ने सोच बनाएको जानकारी दिएका थिए। उनले फिल्मका लागि नयाँ अनुहारको खोजीमा रहेको जानकारी समेत दिएका छन्।