मिनामिनो फ्रान्सेली क्लब मोनाकोमा अनुबन्धित

काठमाडौँ - जापानिज मिडफिल्डर ताकुमी मिनामिनो फ्रान्सेली क्लब मोनाकोमा अनुबन्धित भएका छन्। २७ वर्षीय मिनामिनो १५.५ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट मोनाकोमा ४ वर्षको लागि अनुबन्धित भएका हुन्।

मिनामिनोले केही समय साउथह्याम्टनमा लोनमा खेलेका थिए। लोन अवधि सकाएर उनी लिभरपुलमा फर्किएका थिए। उनी गत सिजन इंग्ल्यान्डको घरेलु कपमा लिभरपुलको सर्वाधिक गोलकर्ता पनि बनेका थिए। लिभरपुलको एफए कप र लिग कप जितमा उनले ७ गोल गरेका थिए। 

मोनाकोमा अनुबन्ध भएसँगै मिनामिनोले यो परियोजनाको हिस्सा हुन पाँउदा धेरै खुशी लागेको बताएका छन्। ‘एएस मोनाकोमा सामेल हुन पाउनु मेरो लागि खुशीको कुरा हो। म मेरो तर्फबाट टोलीलाई राम्रो गर्न सक्दो गर्न तत्पर छु,’ उनले भनेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×