१६ करोडको लगानीमा भृकुटी पार्क र भूकम्प स्मारक निर्माण हुने

काठमाडौँ - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भूकम्प स्मारक भृकुटी शान्ति पर्क निर्माण गर्न लागिएको छ। 

गाउँपालिकाका अध्यक्ष तामाङले उक्त पार्क शिलान्यासका  अवसरमा यस गाउँपालिकालाई ऐतिहासिक रूपमा चिनाउनु नै गाउँपालिकाको पहिचान भएको बताए। यस्ता संरचना निर्माणले  भावी पुस्तालाई अध्ययन, अनुसन्धान गर्ने ठाउँको रुपमा चिनाउन सकिने उनको भनाइ छ। गाउँपालिकाले अघि सारेको योजनामा उपलब्ध स्रोतलाई मध्यनजर गर्दै काम भइरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए। पर्यटकीयस्थलअन्तर्गत पार्क बनाउन लागिएको र थामन ह्युल्साको रूपमा चिनिएको ठाउँलाई अब भृकुटी पार्कको रूपमा चिनाउने उनको भनाइ थियो।

राष्ट्रिय विभूति भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्वदन्ती रहेको र हालसम्म प्राप्त अभिलेखको आधारमा पनि भृकुटी पार्क निर्माण गर्न लागिएको  गाउँपालिकाले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागतमा सो पार्क निर्माण गर्न लागिएको हो। गाउँपालिकाको १० औँ गाउँसभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटी मार्ग नामकरण गरेको छ। गाउँपालिकाको नवलपुरमा २०७२ सालको भूकम्पमा परी मृत्युभएका गाउँवासीको सम्झनामा भूकम्प स्मृति पार्क निर्माण गरिएको छ। 

अध्यक्ष तामाङका अनुसार भूकम्पमा परी मृत्यु भएका गाउँबासीको  नाम सो पार्कमा लेखिनेछ। त्यसबखत भूकम्पमा परी ५०० ले ज्यान गुमाएका थिए। भूकम्पमा सिन्धुपाल्चोकबाट मात्रै तीन हजार ५०० भन्दा बढीले ज्यान गुमाएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×