राजन तामाङ र एलिना चौहानको आवाजमा 'मरे त सम्झना' सरोज आश्माको अभिनय

काठमाडौँ - गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ। उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याइएको हो।

दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताएका छन्। गायक एवम् संगीतकार आर बि लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन भने श्याम श्वेत रसाइलिले मिक्सिङ गरेका हुन।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आर बि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्य लक्ष्मी शाह र श्रेयस ता माङको अभिनय रहेको छ। राम कुमार केसिले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×