पल शाहलाई पक्रन सबै प्रहरी युनिट सक्रिय

काठमाडौँ। अभिनेता पल शाहलाई पक्रन प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ। जबरजस्ती करणीको उजुरी परेपछि अभिनेता शाह फरार रहेका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँमा अभिनेताविरुद्ध जबरजस्ती करणीको जाहेरी परेको हो। बुधबार एक नाबालिकाले जबरजस्ती करणीको जाहेरी दिएकी हुन्। केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीका अनुसार जाहेरी दर्तापछि शाहलाई खोज्न सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले अभिनेता शाहको खोजी गरिरहेको छ। खबरका अनुसार महानगरीय प्रहरी परिसर भक्तपुर र उपत्यकाका सबै वृत्तहरू उनको खोजीमा सक्रिय रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×