चौधरी यू-१५ महिला टोलीको गोलकिपर प्रशिक्षक नियुक्त

काठमाडौँ - अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१५ राष्ट्रिय महिला टोलीको गोलकिपर प्रशिक्षकमा चन्नुराम चौधरीलाई नियुक्त गरेको छ। चौधरीलाई एन्फाका महासचिव किरण राईले आइतबार नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।

आगामी नोभेम्बर १ देखि १२ सम्म बंगलादेशमा हुने साफ यू-१५ महिला च्याम्पियनसिपका लागि राष्ट्रिय यू-१५ महिला टोलीको छनोट अहिले एन्फा कम्प्लेक्समा भइरहेको छ।

एन्फाले यसअघि नै भगवती रानामगरलाई मुख्य प्रशिक्षक र मंगल महर्जनलाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×