काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सोमवार आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने भएकी छन् ।
उनले १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन्।
मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उहाँले सोमवार मध्यान्ह पत्रकार सम्मेलनको आयोजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।
गत असार अन्तिम साता प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवाले २२ असोजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असोजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन्।