काठमाडौँ । न्यायालयमा भइरहेको गतिरोध एवं बारको आन्दोलनका विरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका स्वतन्त्र कानुन व्यवसायीहरु एवं आम सर्वसाधारण पीडित जनताहरु नयाँ बानेश्वरबाट माइतिघर मण्डला तर्फ अघि बढेका छन् । उनीहरु मार्च पास गर्दै नयाँ बानेश्वरबाट माइतीघर सम्म जाने भएका हुन् ।

"दवावको शाशन अन्त्य गर", "न्याय रोक्न पाईंदैन", "राजीनामा निकास होइन" लगायतका नाराहरु घन्काउँदै सैयौँको संख्यामा रहेका आम सर्वसाधारण सहित स्वतन्त्र कानुन व्यवसायीहरु नयाँ बानेश्वरको एभ्रेष्ट होटल अघिबाट माइती घर मण्डला तर्फ अघि बढेका हुन् । स्वतन्त्र न्यायपालिकामा भइ रहेको नेपाल बारको आन्दोलनका विरुद्ध उनीहरुले काउन्टर प्रोटेस्ट गरि रहेका छन् ।


