भारतका दिग्गज साहित्यकार गाेपी चन्दको निधन

काठमाडौँ - भारतका दिग्गज साहित्कार तथा भाषाविद प्राे.गाेपी चन्द नारंगकाे निधन भएकाे छ। उनकाे निधन ९१ वर्षकाे उमेरमा अमेरिकामा भएकाे हाे।

नारंगले उर्दू, हिन्दी र अंग्रेजीमा भाषा, साहित्य र संस्कृतिसम्बन्धि ६५ भन्दा धेरै किताब लेखेका थिए। उनले पद्मभुषण, साहित्य अकादमीलगायत विभिन्न प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्।

उनी हिन्दी, उर्दू, अंग्रेजी र पश्तोसहित छ भाषामा विज्ञ थिए। उनले उर्दूबाहेक हिन्दी र अंग्रेजीमा पनि किताब लेखेका थिए।

दिल्ली युनिभर्सिटीकाे सेन्ट स्टेफन कलेजबाट नारंगले स्नातक गरेका थिए। साेही कलेजमा उनले अध्यापन पनि गरेका थिए। पाकिस्तान सरकारले उनलाई ‘सितार-ए-इम्तियाज’ सम्मान दिएकाे थियाे।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×