काठमाडौँ - इंग्ल्यान्डका तीव्र गतिका बलर रिस टोप्लीले पनि टि२० विश्वकप गुमाउने भएका छन्। अष्ट्रेलियामा जारी टि-२० विश्वकपमा इंग्ल्यान्डका टोप्ली उनको बायाँ खट्टाको लिगामेन्टमा चोटका कारण बाहिरिनु परेको इंग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको हो। विश्वकपको प्रमुख दाबेदार इंग्ल्यान्डलाई ठूलो धक्का लागेको छ।
चोटका कारण विश्वकप गुमाउने उनी जोनी बेयरस्टो र जेसन रोयपछिका तेस्रो खेलाडी हुन्। टोप्लीले पछिल्लो समय इंग्ल्यान्डबाट सानदार प्रदर्शन गरेका थिए। टोप्लीले २२ टि-२० आई र २० ओडिआई खेल खेलेका छन्। टि-२० आई मा २२ विकेट लिएका छन्। ओडिआईमा उनले भारतविरुद्ध जुलाईमा एकै खेलमा ६ विकेट लिएका थिए।
टोप्लीको स्थानमा इंग्ल्यान्डले तीव्र गतिका बलर टाइमल्स मिल्सलाई टोलीमा मौका दिएको छ। इंग्ल्यान्डको तीव्र गतिको बलरमा मार्क वुड, डेविड विल्ली, क्रिस वोक्स, साम करन, डेविड विल्ली र टाइमल्स मिल्स रहनेछन्। जोफ्रा आर्चर भने चोटका कारण लामो समय देखि मैदान बाहिर छन्।
इंग्ल्यान्डले सुपर १२ को पहिलो खेलमा शनिबार अफगानिस्तानसँग खेल्नेछ। २८ फेब्रुअरीमा अष्ट्रेलिया र नोभेम्बर १ मा न्युजिल्यान्डसँग खेल्नेछ। यी ३ खेलको नतिजाले धेरै महत्वपूर्ण राख्नेछ। इंग्ल्यान्डले पहिलो चरणबाट आउने दुई टोलीसँग पनि खेल्नेछ।
विश्वकपमा इंग्ल्यान्ड सुपर १२ को समूह १ मा रहेको छ। इंग्ल्यान्ड, अष्ट्रेलिया, न्युजिल्यान्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने दुई टोली हुनेछन्।इंग्ल्यान्डले २२ अक्टोबरमा अफगानिस्तानसँग खेल्दै सुरुवात गर्नेछ। टि-२० विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।
इंग्ल्यान्डको टि-२० विश्वकप खेल्ने टोली :
जस बटलर (कप्तान) मोईन अली, एलेक्स हेल्स, ह्यारी ब्रुक, साम करन, क्रिस जोर्डन, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, फिलिप साल्ट, बेन स्टोक्स, टाइमल मिल्स, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड।
अंक तालिका
समूह ए मा नेदरल्यान्ड्स २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ। नामिबिया २ खेलमा १ मा जित र १ मा हार सहित २ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। श्रीलंका २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा रहेको छ। युएई पुछारमा छ।
समूह बी मा स्कटल्यान्ड १ खेलमा १ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रहेको छ। जिम्बावे १ खेलमा २ अंक सहित दोस्रो स्थानमा रहेको छ। वेस्टइन्डिज २ खेलमा १ मा जित र १ मा हार सहित तेस्रो स्थानमा रहेको छ। आयरल्यान्ड २ खेलमा १ मा जित र १ मा हार सहित पुछारमा छ।