काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा पेश गरेको बजेट वास्तविक धरातलमा नआएको टिप्पणी गरेका गरेका छन् । बजेटको सैद्धान्तिक पक्षमाथि छलफलमा भाग लिँदै सांसद थापाले अर्थमन्त्रीमा बजेटमा जे लेखे पनि हुन्छ भन्ने मानसिकता बोकेर आएको टिप्पणी गरे । बजेटमा कार्यान्वयनमा हुन नसक्ने र जवाफ दिनु नपर्ने मानसिकता बोकेर नआएको दाबी गरे ।
छलफलमा भाग लिँदै थापाले भने, ‘यहाँ जे लेखे पनि हुन्छ, माइ वाप छैन भन्ने मानसिकता देखिएको छ । वातविकतामा आधारित छैन । यो वर्ष ३ अर्ब वैदेशिक सहयोग आएको छ तर बजेटमा ५२ अर्ब आउने दाबी गरिएको छ । आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउँछु भन्नु भएको छ त्यसको आधार के ? बहुमत छ, पास गरिदिन्छु भन्ने सोचे छ । आलोचना गरे पनि पास गरिदिन्छु भनेकै छन् । पास भइहाल्छ भनेर बजेट ल्याइएको छ ।’