सवारी दुर्घटनामा एक जनाको मृत्यु 

काठमाडौं - काठमाडौं महानगरपालिका–१ म्यारियट होटल स्थित सडकमा बा.२ ख ९६२३ नम्बरको ट्याङ्करले बा.प्र.०२–०४३ प २१२९ नम्बरको स्कुटरलाई  बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको बिहीबार दिउँसो मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×