इङ्गल्याण्डसँगको खेलअघि भारतीय कप्तान घाइते

काठमाडौँ - आईसीसी टी-२० विश्वकप-२०२२ को दोस्रो सेमीफाइनल खेलमा यही बिहिबार भारत र इङ्ल्याण्डबीच खेल खेलिँदैछ।

यो महत्वपूर्ण खेल भन्दाअघि भारतका कप्तान रोहित शर्मा अभ्यासको क्रममा घाइते भएका छन्। अभ्यासको क्रममा रोहित शर्माको दाहिने हातमा चोट लागेको छ। यद्यपि, चोट त्यति गम्भिर नभएको बताइन्छ। चोट लागेको केही समयपछि नै उनी पुनः अभ्यासका लागि नेटमा उपलब्ध भएका थिए।

चोट लाग्ने बित्तिकै रोहित शर्मा केही समयका लागि चिन्तित देखिएका थिए। यद्यपि, त्यसको केही समयपछि उनी पुनः नेटमा अभ्यास गर्न आएका थिए। विश्वकप २०२२ को समुह २ को खेलमा भारत र इङ्ल्याण्डले बिहिबार खेल्दैछन् भने भोलि बुधवार पहिलो सेमीफाइनलमा न्यूजील्याण्ड र पाकिस्तान एकअर्कासंग भिड्दैछन्।

यी दुबै सेमीफाइनलमा विजयी हुने टीम कात्तिक २७ गते आइतबार मेलबर्नमा फाइनल खेल्न मैदानमा उत्रने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×