भिल्लासँग फरेस्टको संघर्षपूर्ण बराबरी

काठमाडौँ - नटिङघम फरेस्टले एस्टन भिल्लासँग सोमबार १-१ को संघर्षपूर्ण बराबरी खेल्दै इंग्लिस प्रिमियर लिगको अन्तिम स्थान छाडेको छ। यस नतिजापछि स्टिभ कुपरको फरेस्टले लगातार ५ खेलको हार शृंखलामा पूर्णविराम लगाएको छ र १९ औं स्थानमा उक्लेको छ।

फरेस्ट अन्तिम स्थानमा झरेको लेस्टर सिटीको भन्दा एक अंकले अगाडि रहेको छ। फरेस्टको ९ खेलबाट ५ अंक भएको छ। भिल्ला भने १६ औं स्थानमा रहेको छ। स्टेफन जेरार्डको भिल्लाको ९ खेलबाट ९ अंक नै रहेको छ।

सिटी ग्राउन्डमा भएको खेलमा फरेस्टले इमानुल डेनिसको गोलले अग्रता लिएको थियो। भिल्लाका लागि एली योङले २५ यार्डबाट शक्तिशाली प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए। सन् २०११ यता भिल्लाका लागि उनको यो पहिलो गोल हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×