अमेरिकामा नेपाली फिल्म ‘हल्कारा’लाई दुई अवार्ड

काठमाडौ- अमेरिकाको टेक्सासमा आयोजित ‘ह्युस्टन फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘हल्कारा’ ले दुई अवार्ड जितेको छ। विक्रम सापकोटाको निर्देशन रहेको फिल्मले ‘प्लाटिनम रेमी अवार्ड’ र यसका छायांँकार चिन्तनराज भण्डारीले ‘गोल्ड रेमी अवार्ड’ हात पारेका छन्।

गत २० देखि २४ तारिखसम्म आयोजित फेस्टिभलमा यसै फिल्मबाट अभिनेता महेश त्रिपाठी पनि मनोनयनमा परेका थिए। फिल्ममा वनमा अकस्मात आइपर्ने घटना र मानिसको संघर्ष कथाको रुपमा प्रस्तुत गरिएको छ। फिल्ममा महेशको अलवा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की लगायत कलाकारको समेत अभिनय रहेको छ।

फिल्म कालीपार स्टुडियो र आइसफल प्रडक्सनले मिलेर निर्माण गरेका हुन्। ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’ अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ। इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यले आयोजित फेस्टिभलमा यो वर्ष विश्वका ३० फिचर र ६० लघु फिल्म सहभागी थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×