सप्तरी - चित्रगुप्त सेवा समितिको अध्यक्षमा विमलकुमार कर्णले १२१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सतिशकुमार दत्तले ६६ मत ल्याए।
यसैगरी सचिवमा सुरेन्द्रकुमार कर्ण, उपाध्यक्षमा रमेश मल्लिक, महासचिवमा रणधीरकुमार कर्ण, कोषाध्यक्षमा राजेशकुमार कर्ण निर्वाचित भएका छन्। यसैगरी सदस्यहरूमा दिलीपकुमार दास, महेशचन्द्र दास, विप्लब आनन्द, रीताकुमार मल्लिक तथा राजिवकुमार कर्ण ‘पङ्कज’ र राजीवकुमार कर्ण सर्वसम्मतिले निर्वाचित भएका छन्। नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको हुनेछ।