माइतीघरमा जेनजी युवाहरूको निरन्तर प्रदर्शन, दमनको आरोपसहित सरकारविरुद्ध आक्रोश

काठमाडौँको माइतीघर मण्डलामा जेनजी युवाहरूले आज पनि सरकारविरुद्ध प्रदर्शन जारी राखेका छन्। आफ्ना मागहरू अहिलेसम्म पूरा नभएको भन्दै उनीहरूले निरन्तर दबाबमूलक आन्दोलन गरिरहेका हुन्।

जेनजी आन्दोलनले सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएको छ। संयुक्त जेनजी आन्दोलनका अनुसार सोमबार मिराज ढुङ्गानाको नेतृत्वमा भएको प्रदर्शनलाई सुशीला कार्की नेतृत्वको सरकारले बल प्रयोग गरेर दबाएको थियो।

यस विषयमा संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गाना र आन्दोलन कमान्डर सुनिल सिंहले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकार दमनमा उत्रिएको भन्दै विरोध जनाएका छन्। विज्ञप्तिमा शान्तिपूर्ण रूपमा राखिएका मागप्रति सरकार असहिष्णु बनेको आरोप लगाइएको छ।

जेनजी आन्दोलनका नेताहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलनलाई अझ सङ्गठित, सशक्त र व्यापक बनाउँदै लैजाने चेतावनी दिएका छन्। उनीहरूले सरकारलाई वार्तामार्फत समस्या समाधान गर्न आग्रह गर्दै अन्यथा आन्दोलन थप चर्किने संकेतसमेत दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×