प्रभासको फिल्म 'आदिपुरुष'मा अभिनेत्री सोनल अनुवन्धित

काठमाडौँ - दक्षिण भारतीय सुपरस्टार प्रभास यतिबेला निर्माण हुँदै गरेको फिल्म 'आदिपुरुष' का कारण चर्चामा छन्। यो फिल्ममा प्रभासका साथै सेफ अली खान र कृति सेनन पनि मुख्य भूमिकामा देखिँदैछन्।

निर्माणको घोषणासँगै चर्चामा रहेको यो फिल्ममा अभिनेत्री सोनल चौहानको इन्ट्री भएको छ। सोनलको प्रवेशसँगै फिल्मको चर्चा थप चुलिएको छ। आदिपुरुष रामायणको कथामा बन्न लागेको फिल्म हो। यसमा प्रभासले रामको भूमिका निभाउँदैछन् भने सेफ अली खान रावणको।

अभिनेत्री सोनलले आफू फिल्म आदिपुरुषको हिस्सा बन्न पाएकोमा निकै उत्साहित रहेको बताएकी छिन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×