हालाण्ड म्यानचेस्टर सिटीमा अनुबन्ध हुने पक्का

काठमाडौँ - जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ हालाण्ड इंग्लिस क्लब म्यानचेस्टर सिटीमा अनुबन्ध हुने पक्का भएको छ।

एथलेटिक्स युकेले २१ वर्षीय नर्वेजियन युवा स्ट्राइकर हालाण्ड र सिटीबीच अनुबन्धको लागि सहमति भएको जनाएको छ।

सिटीले यसै हप्ता हालाण्डलाई सार्वजनिक गर्ने एथलेटिक्स युकेले जनाएको छ। सिटीले हालाण्डसँग ५ वर्षको सम्झौता गर्ने बताइएको छ।

हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्डमा आएका थिए। सिटीमा पछिल्लो समय स्ट्राइकरको कमी रहेको छ। हालाण्डको यो समरदेखि डर्टमण्डसँगको सम्झौता सकिने भएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×