फेकमा वडा भवन निर्माण

पाल्पा - पाल्पाको रिब्दीकोट गाउँपालिका–८ फेकमा रु ४८ लाख लागतमा एकतले सुविधासम्पन्न वडा भवन निर्माण भएको छ। भवन निर्माण सम्पन्न भएपछि कार्यसम्पादन तथा सेवा प्रवाहमा सहजता भएको जनाइएको छ।

यस अगाडि सो वडा कार्यालयले कर्कटपाताको छानामुनि रही तीन कोठा रहेको जीर्ण भवनबाट सेवा प्रदान गर्दै आएको थियो। तीन कोठामध्ये एक कोठा हुलाकलाई उपलब्ध गराइएको, एक कोठा भण्डारणका लागि छुट्याएको र एक कोठामा कार्यकक्ष रहेको थियो। यसले साँघुरो कोठाबाट जनप्रतिनिधि र पदाधिकारी नागरिकलाई सेवासुविधा प्रवाह गर्दा समस्या उत्पन्न भएको थियो।

गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले नयाँ भवनले नागरिकका काम छिटोछरितोरूपमा सम्पादन गर्न सहजता ल्याउने ल्याउने जानकारी दिए। उपाध्यक्ष लक्ष्मी खनालले वर्षायाम तथा हावाहुरीका समयमा जोखिम रहेकाले नयाँ पक्की भवन निर्माण गरिएकोे बताए।

प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरी नागरिकका कामलाई व्यवस्थित गर्न थालिएको जानकारी दिए। वडाध्यक्ष नारायण लामटाङ्गेले मोटरबाटो, स्वास्थचौकी भवन, वडा भवन निर्माण गरी जनताको जीवनस्तर सुधार्न पहल गरिएको बताए। वडाका सहयोगमा आर्थिक क्रियाकलाप गरी नागरिक आर्थिकरुपमा सम्पन्न हुँदै आएका छन्। रिब्दीकोटको आठ वडामध्ये फेक सबैभन्दा दुर्गम मानिएको वडा हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×