भारत। बलिउड अभिनेत्री जान्हवी कपुर अहिलेसम्म सिमित चलचित्रमा मात्र देखिएता पनि उनले बलिउडमा राम्रो स्थान भने बनाईसकेकी छिन्। सामाजिक सञ्जालमा अक्सर सक्रिय रहने अभिनेत्रीले चलचित्र ‘धडक’बाट बलिउडमा डेब्यू गरेकी थिइन्।
उनी प्रत्येक दिन जसो आफ्ना प्रशंसकहरुमाझ आफ्नो तस्बिरहरू सेयर गरिरहेकी हुन्छिन्। सञ्जालमा उनको सौन्दर्यको प्रशंसा प्राय हुने गरेको पाइन्छ। यसैबिच उनले हालै सञ्जालमा आफ्नो एउटा नयाँ भिडियो सेयर गरेकी छिन्। जसलाई प्रशंसकहरुले निकै रुचाईरहेका छन्।


