‘हेराफेरी’ र ‘वेलकम’ को तेस्रो सिक्वेल बन्ने

काठमाडौँ - बलिउडको हिट फिल्ममा पर्छ ‘हेराफेरी’ र ‘वेलकम’। २ सिक्वेल रिलिज भएर दर्शकको माया पाउन सफल यो फिल्मको तेस्रो सिक्वेलको प्रतिक्षामा दर्शक छन्।

‘हेरा फेरी’ मा अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल देखिएका थिए, भने ‘वेलकम’ मा अनिल कपुर र नाना पाटेकरले ग्याङ्गस्टर बनेर मानिसको मन जितेका थिए। अब यी २ फिल्मको तेस्रो पार्ट बन्ने छ।

जानकारीका अनुसार निर्माता फिरोज नाडियाडवालाले ‘हेराफेरी ३’ र ‘वेलकम ३’ को तयारी गरिसकेका छन्। निर्माताले छिट्टै यी २ प्रोजेक्टको औपचारिक घोषणा गर्ने बताइएको छ। फिल्म २०२३ मा सुरु हुनेछ।

रिपोर्टका अनुसार नाडियाडवाला फिल्म ‘हेराफेरी ३’ मा जति सक्दो चाँडो काम सुरु गर्न चाहन्छन्। यसका साथै उनले छिट्टै ‘वेलकम ३’ को काम पनि थाल्नेछन्। ‘हेरा फेरी ३’ मा परेश रावल, अक्षय कुमार र सुनिल शेट्टीलाई पहिले जस्तै बनाउने उनको प्रयास छ। यद्यपी दुबै फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भएको भने छैन। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×