तेक्वान्दो डोजाङको कोमल वली दाङबाट एकल प्रतिनिधित्व

दाङ - हाम्रो पहुँच तेक्वान्दो डोजाङको कोमल वली नवौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छिन्। प्रतियोगिताका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्न लागेकी हुन्।

वली प्रतियोगिताका लागि असोज २ र ३ गते बुटवलमा भएको लुम्विनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगीतामा प्रदेश प्रथम भएकी हुन्। आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुदका लागि वलीले दाङबाट एकल प्रतिनिधित्व गर्ने हाम्रो पहुँच तेक्वान्दो डोजाङ प्रमुख राकेश परियारले जानकारी दिएका छन्।

वलीले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संचालित हाम्रो पहुँच माध्यमिक विद्यालयको हाम्रो पहुँच तेक्वान्दो डोजाङमै प्रशिक्षण लिएकी हुन्।

हाम्रो पहुँच विद्यालयले विद्यार्थीलाई शिक्षासंगै खेलकुदका गतिविधि संचालन गर्ने गरेको छ। विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले नवौँ राष्ट्रियका लागि छनौट हुने हाम्रो पहुँच तेक्वान्दो डोजाङको वलीलाई छनौट भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रिय प्रतियोगितामा पनि जितको शुभकामना दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×