पत्नीलाई कुटेर हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौँ - कुटेर पत्नीको हत्या गरेको आरोपमा प्रहरीले बर्दियाबाट एकजना युवकलाई पक्राउ गरेको छ। गुलरिया नगरपालिका-१ घर भएका २७ वर्षीय बोधराज बस्नेतलाई प्रहरीले पक्राउ गरेहो हो।

जिल्ला प्रहरी कार्यालय बर्दिबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।

उनीमाथि २६ वर्षीया पत्नी नानकला बस्नेतलाई कुटेर हत्या गरेको आरोप छ। बोधराजले कुटेर गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×