कपनमा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौँ - काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। बा६४प १३९६ नम्बरको मोटरसाइकलले गए राति करिब साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएर नियन्त्रण गुमाई सडकछेउको घरको भित्तामा गएर ठोक्किएको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक ओखलढुंगा घर भई आरुबारी बस्दै आएका अन्दाजी २८ वर्षीय शिवराज कार्की र पैदलयात्री कपन बस्ने ओखलढुंगाकै हर्कपुरका ६१ वर्षीय दुर्गाबहादुर कार्कीको मृत्यु भएको जनाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×