‘दोख’ असार २४ मा रिलिज हुदै

काठमाडौँ - अनुप बरालले निर्देशन गरेको फिल्म ‘दोख’ आगामी असार २४ गते रिलिज हुने भएको छ। कोरोना महामारीका कारण प्रभावित बनेको यो फिल्म अब रिलिज हुन लागेको हो।

फिल्मका निर्माताले बुधबार रिलिज मितिसहित नयाँ अधिकारिक पोस्टर सार्वजनिक गरेका छन्।

फिल्ममा एक दशक लामो सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा फुटबल खेललाई आधार बनाएर दुई गाउँले बीचको मनमुटावलाई  चित्रण गरिएको छ। सामुदायिक वनको मुद्दालाई लिएर दुई गाउँबीचको किचलो पनि यसको कथा हो। अर्थात् फुटबल खेलमा जसले जित्छ, वनमाथि उसकै रजाइँ चल्छ।

राजन कठेत लिखित फिल्मलाई शैलेन्द्र कार्कीले खिचेका हुन्। फिल्ममा दीया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप, कमल देवकोटा, सजन थापामगर लगायतको मुख्य भूमिका रहेको छ।

‘दोख’मा आभास र पुष्प संगमले संगीत भरेका छन्। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माता रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×