काठमाडौँ - टी २० विश्वकप छनोटअन्तर्गत आज नेपालले यूएईको सामना गर्दैछ। छनोटमा अपराजित रहेको एकमात्र टिम नेपालले खेलमा जित निकाल्न सके यहि वर्ष अष्ट्रेलियामा हुने टी २० विश्वकप खेल्न पाउनेछ। यसैकारण नेपाली टिमले हिजो क्यानडाविरुद्ध जित निकालेको केहि समयमै अभ्यास थालेको थियो।
उनले चारदेशीय सिरिजबाट सिकेर पनि राम्रो फिल्ङिड गरेको मूख्य प्रशिक्षक पुबुदु दाशानायके बताउछन्। सुरुमा ओमनमा वातावरण फरक परेकाले केहि सारो परेको र पछि मिल्दै गएको बताएका छन्। उनले यूएईविरुद्ध ब्याटिङ, बलिङ र फिल्डिङ तिनै क्षेत्रमा राम्रो प्रस्तुति दिने बताएका छन्।
नेपाली टिमका कप्तान सन्दिप लामिछानेले दिपेन्द्रको खेलले पुरा टिम नै प्रेरित भएको बताएका छन्। उनले भने, ‘हामीले चारदेशिय सिरिजमा धेरै गल्ती गरेका थियौँ। तर त्यो सुधार भएको छ। दिपेन्द्र सिंह ऐरीको खेलले पुरा टिमको मोटिभेसन नै बदलिएको छ।’
‘हामीले यूएईको खेल हेरेका छौं। दुवै टिमलाई एक अर्काको बारेमा थाहा छ। आज निकै जानकार छौं। हामी अब पुरा बलका साथ खेलिरहेका छौं। यूएईविरुद्ध धेरै सोच्नुपर्ने छैन,’ सन्दिपले भने।
सबैको सानो साने प्रयासले सेमिफाइनलमा पूग्न सफ भएको बताउँदै सन्दिपले यूएईविरुद्ध बलियो योजना बनाउने र जित्ने लक्ष्य रहेबो बताएका छन्। उनले भने, ‘हामी सतप्रतिसत दिन्छौं। हामीलाई एक मात्र जित आवश्यक छ।’
जारी विश्वकप छनोटको समूह बीमा परेको नेपालले आफ्नो समूहको तिन टिमलाई नै हाराएको थियो। नेपालले फिलिपिन्समाथि १३६ रनको सानदार जित निकालेको थियो भने क्यानडालाई आठ विकेटले हराएको थियो। त्यस्तै ओमनलाई ३९ रनले हराएको थियो। नेपाल र यूएईको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ।