काठमाडौँ। लोकप्रिय रियालिटी कार्यक्रम 'ब्लाइण्ड डेट'को दोस्रो सिजन सञ्चालनको तयारीमा रहेको छ। युट्युबमार्फत प्रसारण हुँदै आएको कार्यक्रम अब हिमालय टेलिभिजनमा हेर्न सकिनेछ।
यसका लागि हिमालय टीभी र कार्यक्रमका निर्देशक रोशन दाहालबीच आधिकारिक सम्झौता भइसकेको छ। कार्यक्रम चैतको अन्तिम साता या वैशाखको पहिलो हप्ताबाट हिमालय टीभीबाट प्रसारणमा आउनेछ।
बिभिन्न सञ्चारमाध्यमसँग कुरा गर्ने क्रममा निर्देशक रोशनले हिमालय टीभी रोज्नुको कारण उक्त टेलिभिजनको लोकप्रियता बताएका छन्। हिमालय टीभीबाट बिभिन्न रियालिटी कार्यक्रम प्रसारण हुँदै आएका छन्।