काठमाडौँ - इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा चेल्सीले लेस्टर सिटीसंग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रीजमा चेल्सीले पुनरागमन गरेको हो। लेस्टरका जेम्स म्याडिसानले गोल गर्दै छैटौं मिनेटमा अग्रता लिए।
चेल्सीका मार्कोस एलोन्सोले गोल गर्दै ३४औं मिनेट खेल १-१ को स्थितिमा ल्याए। बराबरिसंगै ३६ खेलबाट ७१ अंक सहित तेस्रो स्थानमा रहेको छ। समान खेलबाट लेस्टर सिटी ४९ अंक सहित नवौं स्थानमा रहेको छ। अर्को खेलमा क्रिष्टल प्यालेससँग २-० ले पछि परेको स्थिति उल्टाउदै ३-२ को जित निकालेर एक खेक बाकी रहदै एभर्टनले इंग्लिस प्रिमियर लिगको हैसियत कायम राखेको हो।