काठमाडौँ - स्कटल्याण्डका पूर्व कप्तान काइल कोट्जरले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
स्कटल्याण्ड क्रिकेट बोर्डले कोट्जरले सन्यास लिएको पुष्टि गरेको छ। ३८ वर्षीय ब्याट्सम्यान कोट्जरले परिवारलाई समय दिन टी-२० बाट सन्यास लिएको बताएका छन्। गत महिना अमेरिका भ्रमण दौरान कोट्जरले कप्तानी छाडेका थिए।
२००३ मा स्कटल्याण्ड टोलीमा डेब्यु गरेका कोट्जरले २००८ मा आयरल्याण्डविरुद्ध टी-२० आईमा डेब्यु गरेका थिए। उनले ७० टी-२० आई खेलमा १ हजार ४ सय ९५ रन बनाएका छन्।