भक्तपुर काँग्रेस सभापतिमा कवेँद्वारा उम्मेदवारी घोषणा

भक्तपुर । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सभापति पदमा अष्टकुमार कवेँले उम्मेदवारी  दिने भएका छन्। काँग्रेसका पूर्व जिल्ला सभापतिद्वय महेश श्रेष्ठ र गणेशमान चक्रधरका उपस्थितिमा शनिबार आयोजित कार्यक्रममा उहाँले जिल्ला सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सो अवसरमा नेता कवेँले  भने “काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउन  मैले उम्मेदवारी दिएको हुँ ।   नगर प्रमुख, प्रदेश सभासद वा संघीय सांसदमा म उम्मेदवारी दिन्न । भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुरथिमिमा नगर प्रमुख, उपपमुख र वडा तथा नगरपालिकामा कम्तीमा तीन वटा वडामा विजयी सुनिश्चित गराउने छु । यसका लागि मेरो उम्मेदवारी हो ।”

कार्यक्रममा काँग्रेस पूर्व जिल्ला सभापतिद्वय श्रेष्ठ र चक्रधरले १३ औँ महाधिवेशनमा गरेको सहमति र सहकार्य वर्तमान जिल्ला सभापतिले पालना गर्न  आग्रह गरे । कार्यक्रममा नेपाल तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ, काँग्रेस जिल्ला सचिव उद्धव सिलवाल, भक्तपुर क्षेत्र नं. २ का नवनिर्वाचित क्षेत्रीय सभापति भेषबहादुर कार्कीलगायतले पार्टीलाई बलियो बनाउन एकता र सहकार्य आवश्यक रहेको बताए । यसअघि काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले पुनः सभापतिको उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×