शिक्षकको उपचारमा सहयोग

वीरगञ्ज - बाराको महागढीमाई नगरपालिका–१ भर भई लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित शिक्षक श्रीनिवासप्रसाद साहलाई उपचारका लागी रु आठ लाख आर्थिक सहयोग प्राप्त भएको छ। मिर्गौला रोगी ३५ वर्षीय श्रीनिवासलाई रु आठ लाख ३७ हजार ६७० सहयोग प्राप्त भएको हो।

महागढीमाई फाउन्डेसन नेपाल र लायन्स क्लब अफ महागढीमाईले संयुक्तरुपमा सञ्चालन गरेको श्रीनिवास बचाउ अभियानअन्तर्गत सङ्कलित रकमको चेक पीडित साहलाई उपलब्ध गराइएको छ। एक महिनादेखि सञ्चालित अभियानमा विभिन्न सङ्घ/संस्था तथा व्यक्तिगतले सहयोग गरेको रु आठ लाख ३७ हजार ६७० को चेक हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×