काठमाडौँ - बहुचर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको 'तप तप आँशु' बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडिओमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ।
नवीन कार्कीको संगीत रहेको गीतमा प्रेममा डुबेको एक प्रेमील जोडीको हाँसो, खुशी र रोदनलाई नजिकबाट देखाइएको छ। विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले यसपटकको आफ्नो सिर्जनालाई पनि अघिल्लो पटकझैं हरेक प्रेमील जोडीले मन पराउने विश्वास व्यक्त गरेकी छिन्।
गीतकार मिश्रकै आफ्नै अफिसियल च्यानल ममता मिश्र अफिसियलबाट बजारमा ल्याएको गीतको गीतमा मोडलद्वय कमल सिंह र ललना चिमोरियाको लोभलाग्दो अभिनय देख्न सकिन्छ। उत्सव दाहालको छायांकन रहेको भिडियोमा दिनसन शाहको सम्पादन र कलर रहेको छ।