लुम्बिनीसँग  प्रदेश १ पराजित

काठमाडौँ। राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले यू–१९ समुहले प्रदेश १ समुहलाई हराएको छ। प्रदेश १, ६ विकेटले हारेसँगै लुम्बिनी शीर्षस्थानमा पुगेको छ। प्रदेश १ले दिएको १ सय ७ रनको लक्ष्य लुम्बिनीले २३.३ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो। जसअन्तर्गत लुम्बिनीका विशाल विक्रम केसीले ३० बलमा ३ चौका सहित २६ रन,आकाश त्रिपाठीले ३७ बलमा १ चौका सहित १३ रन,कप्तान देव खनालले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २५ रन,विराट भण्डारीले १६ र वासिर अहमदले १६ बलमा ३ चौका र १ छक्का सहित २४ रनको योगदान दिएका थिए। प्रदेश १को तर्फबाट दीपेश कंडेलले २, लव कामत र गौरव कटवालले १-१ विकेट लिएका हुन्। लुम्बिनीका बलर मोहम्मद हुसैनले १० ओभरमा १ मेडन सहित ३१ रन खर्चेर ५ विकेट,स्पिनर वासिर अहमदले ८.२ ओभरमा ४ मेडन सहित ९ रन खर्चेर ३ विकेट र दुर्गेश गुप्ताले २ विकेट लिए। लुम्बिनीले ५ खेल खेलेर ४ मा जित र १ मा हार गर्दै ८ अंक जोडेको छ। लुम्बिनीले बुधबार प्रदेश २लाई हराएको खण्डमा फाइनलमा पुग्नेछ। हारेमा अन्य टोलीको नतिजा र नेटरनरेटमा निर्भर हुनेछ। प्रदेश १ले ४ खेल खेल्दा ३ मा जित र १ मा हार सहित ६ अंक जोडेको छ र  दोस्रो स्थानमा रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×