माओवादीको स्थायी समिति बैठक: के छ एजेण्डा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्दै छ । बैठक अहिले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ ।

आजको बैठकमा रूपान्तरण अभियानको मूल्याँकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण स्थगित भएको थियो । बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जहरूले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए ।

प्रवक्ता सपकोटाका अनुसार बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याँकन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको छ । साथै चैत–बैशाखमा सञ्चालन हुने अभियानबारे छलफल गरी नेताहरूको कार्यविभाजन हुने सापकोटाले बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×