महिला टी-२० वरीयताः सीता र रुविनाको वरीयतामा सुधार

काठमाडौँ - महिलाको आईसीसी टी-२० अन्तर्राष्ट्रिय ब्याटिङतर्फ सीता रानामगरको वरीयता यथावत रहँदा रुविना क्षेत्री एक स्थान माथि उक्लिएकी छिन्। आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार सीता ६४ औँ स्थानमा यथावत रहेकी छिन्।

यता नेपाली टिमकी कप्तान रुविना एक स्थानमाथि ८५ औँ स्थानमा उक्लिएकी छिन्। ज्योति पाण्डे भने सयौँ स्थानमा रहेकी छिन्।

बलिङतर्फ कविता कुँवर ७३ औँ स्थानमा यथावत छिन् भने सीता एक स्थानमाथि ७९ औँ तथा रुविना पनि एक स्थानमाथि ८० औँ स्थानमा उक्लिएकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×