६ महिनाअघि बनेको लोकतान्त्रिक समाजवादी पार्टी फुट्दै

काठमाडौँ- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र विवाद चर्किंदै गएको छ। जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएर ६ महिनाअघि बनेको लोसपाभित्रकै एउटा समूह अर्को पार्टी बनाउन लागेका छन्।

पार्टीकै एक नेताका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)लाई सक्रिय बनाउनले अभियानमा उनीहरू जुटेका छन्। 

तत्कालीन राजपाका उपाध्यक्ष एवम् राष्ट्रिय सभाका पूर्वसदस्य वृषेशचन्द्र लाल, पूर्वसांसद विजयकुमार सिंह लगायतका नेता तमलोपालाई सक्रिय बनाउने अभियानका अगुवाई गरिरहेका छन्। राजधानी दैनिकमा खबर छापिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×