काठमाडौँ - भारतमा प्रदर्शन मिति नजिकिएको 'प्रेम गीत ३' को प्रचार प्रसारलाई तीव्रता दिइएको छ। आउँदो शुक्रबार नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको सो चलचित्रको प्रसार प्रसारका लागि चलचित्रको टिम अहिले मुम्बईमा व्यस्त रहेको छ।
विभिन्न कार्यक्रम गरी प्रचार प्रसार गरिएको छ भने अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङसँगको अन्न्तर्वार्तालाई भारतीय सञ्चार माध्यमहरुले प्राथमिकता दिएका छन्।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको चलचिच 'प्रेम गीत ३' हिन्दी भाषामा समेत प्रदर्शन हुन लागेको हो। भारतमा फिल्मलाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको 'प्रेम गीत ३' मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।