'ब्यान्ड च्याम्पियन' आयोजना हुने

काठमाडौँ। नयाँ सांगीतिक रियालिटी शो 'ब्यान्ड च्याम्पियन' आयोजना हुने भएको छ। नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको शोका लागि बिहीबारदेखि अडिसन सुरु हुँदैछ। अडिसन राजधानीको बनस्थलीमा हुनेछ। लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्ट कम्पनी आयोजक रहेको कार्यक्रमका निर्णायक गायक रविन तामाङ, ड्रमर देव राना र गिटार माएस्ट्रोका ज्योति घिमिरे रहेका छन्। कार्यक्रम माघ १ गतेदेखि एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ। कार्यक्रममा पहिलो हुनेले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ६ लाख र सेकेन्ड तथा थर्ड रनरअपले ४–४ लाख रुपैयाँ पाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×