‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक, पोस्टर कपी गरेको आरोप

कमठमाडौँ - शाहरूख खान अभिनित फिल्म ‘पठान’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। शाहरूखले फिल्म क्षेत्रमा ३० वर्ष पूरा गरेको अवसरमा फिल्मको पोस्टर रिलिज गरिएको हो।

सार्वजनिक पोस्टरलाई शाहरुखले ट्विटरमा सेयर गरेका छन्। पोस्टर देखेर उनका फ्यानहरू निकै उत्साहित छन् भने पोस्टरमाथि एक आरोप पनि लागेको छ।

फर्स्टलुक पोस्टरमा खान हातमा मेसिन गन लिएर पछाडिबाट पोज दिइरहेका छन्। यसअघि यस्तै पोस्टर हलिउड फिल्म ‘बिस्ट’ले पनि सार्वजनिक गरेको थियो। जसकारण हलिउड फिल्मको पोस्टर कपी गरेको फिल्म टिममाथि आरोप लागेको छ।

युट्युबर कमल आर खानले पोस्टर सेयर गर्दै पठानका निर्माताले फर्स्टलुक पोस्टर पनि ओरिजिनल बनाउन नसकेको आरोप लगाएका हुन्।

सिद्धार्थ अन्नद निर्देशित यस फिल्ममा शाहरूखका साथै दीपिका पादुकोण, डिम्पल कपाडिया, आशुतोष राणा, जोन अब्राहम र सलमान खानको मुख्य भुमिका रहेको छ। यो फिल्म सन् २०२३ जनवरी २५ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×