नेपालका तीन म्याराथन रुट नापिने

काठमाडौँ - नेपालको विभिन्न शहरमा आयोजना हुने तीन म्याराथनको रुट नापिने भएको छ। त्यसमध्ये काठमाडौँ म्याराथनकको रुटको नाप लिइएको छ।

काठमाडौँसँगै पोखरा म्यारथन र नेपालगन्ज म्याराथनको रुट नाप्नका लागि बुधबार राती एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रनिङ (एआईएमएस) का आधिकारिक प्रतिनिधि आमिर स्यान्डिवन नेपाल आएका हुन्।

उनले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएर काठमाडौँ, ललितपुर, भक्तपुर र थिमिको बाटो हुँदै दशरथ रंगशालमा टुङ्गिने काठमाडौँ म्याराथनका लागि काठमाडौँ, ललितपुर र भक्तपुरको बाटो नापेका हुन्।

अमिर स्यान्डविन काठमाडौँ म्याराथनका संयोजक नीलेन्द्रराज श्रेष्ठको निम्तोमा नेपाल आएका हुन्। काठमाडौँ म्याराथान यही भदौ २५ गते हुँदैछ। यस्तै स्यान्डिवनले पोखरा र नेपालगन्ज म्याराथनको पनि रुट नाप्नेछन्।

तिनै वटा म्याराथनको रुट नापी गरि रिपोर्ट एआईएमएसमा पठाए पछि केही दिनमा नै नेपालमा भएका तीनै वटा म्याराथनलाई एआईएमएस सर्टिफाइड रुट भनी प्रमाणित गरि प्रमाणपत्र प्रदान गरिने विश्वास छ।

प्रमाणपत्र आएपछि नेपालका तिनै वटा म्याराथन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संचालन भएको म्याराथनको रुपमा प्रमाणित हुनेछ। म्याराथन दौडको दूरी ४२.१९५ किलोमिटर हुन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×